२९ आश्विन २०८३, बिहिबार

भारतका कप्तान महेन्द्रसिंह धोनीलाई कारवाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ms-dhoni

काठमाडौं, ५ असार । बंगलादेशविरुद्दको पहिलो एकदिवसीय क्रिकेट प्रतियोगितामा भारतीय कप्तान महेन्द्रसिंह धोनी र बंगलादशी युवा बलर मुस्ताफिजर रहिमलाई जरिवाना तिराइएको छ ।

बंगलादेशको मिरपुरमा सम्पन्न एकदिवसीय खेलमा खेल भावनाविपरीत कार्य गरेको जनाउँदै धोनीलाई ७५ तथा रहिमलाई ५० प्रतिशत म्याच फी जरिवाना गरिएको अम्पाएर प्यानलले जनाएको छ ।

लक्ष्य पछ्याएको २५ औं ओभरमा भारतका कम्तान धोनीले रन लिने क्रममा रहिमलाई धकेलेका थिए । सो खेलमा रहिमले भारतीय ओपनर रोहित शर्मालाई पनि रन लिन अवरोध गरेका थिए । आइसीसीको आर्टिकल २.२.४ को अनुसार धोनी र रहिमलाई कारबाही गरिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।