२९ आश्विन २०८३, बिहिबार

नेयमारलाई मैदानमै कारवाही !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Brazil v Chile

काठमाडौं, ५ असार । कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको कोलम्बियाविरुद्दको खेलमा खेल भावनाविपरीतको क्रियाकलाप गरेका ब्राजिलियन स्ट्राइकर नेमारलाई एक खेलमा प्रतिबन्ध लगाइएको छ ।

यद्यपि, दक्षिण अमेरिकी देशहरुबीचको फुटबल महासंघ कोन्मेबोलले उनको त्यो प्रतिबन्ध अस्थायी भनेको न्मेबोलका अनुशासन समितिले उनीमाथि अझै कडा सजाय हुन सक्ने जनाएको छ । त्इसका लागि पछि निर्णय लिइने जनाइएको छ ।

कोपा अमेरिकाअन्तर्गत कोलम्बियाबिरुद्दको खेलमा खेल भावनाविरुद्द काम गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएका थिए । खेलको अन्तिम सिठी बजिसकेको अवस्थामा नेमारले कोलम्बियाका एक खेलाडीलाई बलले प्रहार गरेका थिए । सो घटनासँगै उनको चर्को आलोचना हुँदै आएको छ ।

सो खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिल कोलम्बियासँग १-० ले स्तब्ध भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।