काठमाडौं, ५ असार । लियोनल मेसीले आइतबार कोपा अमेरिकाअन्तर्गत जमैकाविरुद्ध मैदान उत्रिँदा अर्जेन्टिनाका लागि एक सयौं खेल खेल्नेछन्। राष्ट्रिय टोलीको जर्सीमा सय खेलको कोसेढुंगा पूरा गर्नुलाई फुटबलमा ठूलै उपलब्धि मानिन्छ। त्यसो त अर्को साता २८औं जन्मदिन मनाउने तयारीमा रहेका मेसीले क्लब स्तरमा सम्भव सबैखाले उपलब्धि हासिल गरिसकेका पनि छन्। तर देशका लागि सय खेलमा मैदान उत्रिँदा चारपटकका फिफा विश्व वर्ष खेलाडीसँग स्मरण गर्न लायक कुनै उपाधि हुनेछैन, बरु थुप्रैपटक असफलतामा बगाएका आँसुको सम्झनाले उनलाई झस्काउन सक्छ।‘यो कोसेढुंगा नजिक पुग्दा एउटा खेलाडीलाई खुसी लाग्नु स्वाभाविक हो। आशा गरौं, मैले यही अवसरमा अर्को एउटा जितको खुसी मनाउन पाउँछु र यसपालि देशका लागि उपाधि पनि जित्न सक्नेछु,’ बार्सिलोनाका स्ट्राइकरले अर्जेन्टिनी दैनिक ला नाइकोनमा शुक्रबार प्रकाशित अन्तर्वार्तामा भनेका छन्, ‘हामीले सधैँ अर्जेन्टिनाको जर्सीमा राम्रो खेल्ने प्रयास गरेका छौं। हरेक प्रतियोगितामा दाबेदारका रूपमा प्रस्तुत भए पनि वर्तमान पुस्तालाई भाग्यले अहिलेसम्म साथ दिएको छैन। राम्रो फुटबल खेलेपछि भाग्य सधैँ विपक्षमा रहन सक्दैन।’
मेसी, सर्जियो अग्विरो, कार्लोस टेभेजसहितको अर्जेन्टिनी टोली १९९३ मा कोपा अमेरिका जितेपछि देशलाई लागेको फुटबल उपाधिको २२ वर्षे खडेरी पूर्ने लक्ष्यसाथ चिलीमा छ। २००५ अगस्ट १७ मा हंगेरीविरुद्धको खेलमा असाधारण डेब्यु जनाउँदा मेसीबाट अर्जेन्टिनी समर्थकले ठूलै आशा राखेका थिए। मेसीको प्रभावशाली उपस्थितिले देशको उपाधि खडेरी चाँडै पुरिने उनीहरूको आशा थियो। डेब्युमा खास प्रभाव देखाउन नसके पनि उनलाई समर्थकले क्लब स्तरमा जमेको देखिसकेका थिए। तर, उनको अन्तर्राष्ट्रिय करिअर त्यसअनुरुप हुन सकेन। क्लब स्तरमा भने बार्सिलोनाले चारपटक च्याम्पियन्स लिग, सातपटक स्पेनिस ला लिगा तथा तीनपटक स्पेनिस कोपा डेल रेको उपाधि उचाल्दा मेसीको भूमिका सबैभन्दा प्रभावशाली थियो।
हंगेरीविरुद्धको खेलमा १८ वर्षे मेसी दोस्रो हाफमा वैकल्पिक खेलाडी हुँदै मैदान प्रवेश गरेका थिए। तर, मैदान छिरेको एक मिनेटमै विपक्षी रक्षक भिल्मोस भान्कजाकलाई कुहिनाले हानेका कारण रातो कार्ड पाएर उनले मैदान छोड्नुपरेको थियो। खेल सकिएपछि टिम सहयात्रीहरू ड्रेसिङ रूममा पुग्दा मेसी एउटा कुनामा बसेर रोइरहेको खबर त्यो बेला अर्जेन्टिनी सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए।
अर्जेन्टिनाका लागि अहिलेसम्म खेलेका कुल ९९ खेलमा मेसीले ४६ गोल गरेका छन्। जसले डेब्युको निराशाबाट राम्रो पुनरागमन जनाएको संकेत गरे पनि बार्सिलोनाको तथ्यांकसँग भने यो कमजोर देखिन्छ। बार्सिलोनाका लागि उनले ४ सय ८२ खेलमा ४ सय १२ गोल गरिसकेका छन्। अर्जेन्टिनी राष्ट्रिय टोलीका लागि हाभियर जेनेटीको कीर्तिमानी १ सय ४५ खेल तथा ग्याब्रियल बाटिस्टुटाको कीर्तिमानी ५६ गोललाई उनले भेट्टाउने पक्का जस्तै देखिन्छ।
मेसीले अर्जेन्टिनाको टोलीबाट २००५ मा यु–२० विश्वकप उपाधि तथा बेइजिङ ओलम्पिक २००८ मा ओलम्पिक फुटबलको स्वर्ण पदक जितेका थिए। अहिले एउटा सफल खेलाडीका रूपमा उनले वर्षमा ७ करोड डलरभन्दा बढी कमाउँछन्। तर, मेसीको करिअरमा कोपा अमेरिका र विश्वकपको उपाधि भने छैन।
अर्जेन्टिनाले भेनेजुएलामा सम्पन्न २००७ को कोपा अमेरिका फाइनलमा ब्राजिलसँग पराजित हुँदा मेसी टोलीका मुख्य सदस्य थिए। यसैगरी चार वर्षअघि घरेलु मैदानमा सम्पन्न कोपा अमेरिकाको क्वार्टरफाइनलमा उरुग्वेसँग पराजित हुँदा पनि अर्जेन्टिनी टोली मैसीमै निर्भर थियो। कोपा अमेरिकामा खेलेका १२ खेलमा उनले तीन गोलमात्र गर्न सकेका छन्।
विश्वकपमा उनको अनुभव अझै टिठलाग्दो छ। जर्मन विश्वकप २००६ मा सर्बिया एन्ड मोन्टेनेग्रोमाथि ६–० को रवाफ जमाउँदा मेसीले गोल गरेका थिए। तर, क्वार्टरफाइनलमा टोली आयोजक जर्मनीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै घर फर्कियो। २०१० मा विश्वकप विजेता पूर्वकप्तान डिएगो म्याराडोना अर्जेन्टिनाका प्रशिक्षक थिए। मेसीसहित स्टार खेलाडीले भरिएको टोली दक्षिण अफ्रिकामा विश्वकप उपाधिको मुख्य दाबेदार थियो। फेरि मेसीको आँखामा आँसुको भेल बगाउँदै टोली क्वार्टरफाइनलमा जर्मनीसँगै पराजित भयो। गत वर्ष ब्राजिलमा सम्पन्न विश्वकपको पछिल्लो संस्करणमा मेसीले चार गोल गरे। त्यसैको बलमा टोली रियो द जेनेरियोस्थित माराकाना रंगशालामा सम्पन्न फाइनलको लायक भयो। तर मारियो गोट्जेले १ सय १३ औं मिनेटमा विजयी गोल गरेपछि अर्जेन्टिना र मेसीको आशामा फेरि एकपटक जर्मनी बाधक बन्यो।
मेसीलाई थाहा छ, उनी विश्वकै सर्वोत्कृष्ट खेलाडी बन्न सक्छन्। अनगिन्ती रक्षकका बीचमा कुशल नर्तकझै बललाई नचाएर अगाडि बढाउने उनको क्षमता छ। तर देशका लागि जितेको कुनै ट्रफी हातमा नभएसम्म उनी अर्जेन्टिनी फुटबलका महान हस्ती डिएगो म्याराडोनालाई उछिन्न सफल हुने छैनन्। यो पनि उनलाई थाहा छ।
‘अर्जेन्टिनाका लागि खेलेका ९९ खेलका स्मरण असाधारण छन्। तर दुर्भाग्यजनक रूपमा उपाधि चाहिँ छैन,’ मेसी भन्छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया