४ कार्तिक २०८३, बुधबार

पीएलाई कान्छी बनाएका प्रधानमन्त्रीका सल्लाहकारले पत्नी र छोरीलाई यसरी दुःख दिँदै छन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

subir-khanalकाठमाडौं, ५ असार । प्रधानमन्त्री सुशील कोइराला अविवाहित छन् । सादगी जीवन बिताउने उपमा पाएका उनका सल्लाहकारले भने बुहविवाह गरेको मात्र होइन, कान्छी पत्नी र छोरीलाई अलपत्र पारेको पाइएको छ ।

प्रधानमन्त्री कोइरालाका राजनीतिक सल्लाहकार सुबिर खनालमाथि यस्तो आरोप सार्वजनिक भएको हो ।

लामो समयसम्म पत्नीका रूपमा अपनाएर छोरी जन्मेपछि खनालले कान्छी पत्नी जेनिसा भट्टराई (खनाल) लाई अलपत्र पारेको सौर्य दैनिकले समाचार छापेको छ ।

खनालले जेनिसालाई विभिन्न ठाउँका अपार्टमेन्टमा राख्दै आएका थिए । गोंगबु माइत भएकी जेनिसा अहिले त्यहीँ बस्छिन् ।

निजी क्षेत्रको मोबाइल कम्पनी एनसेलको प्रमुख कार्यकारी अधिकृत रहेका बेला एनसेलमै कार्यरत जेनिसालाई खनालले विवाह गरेका थिए तर उनले कानुनी मान्यता दिएका छैनन् ।

जेनिसालाई विवाह दर्तासमेत उनले गरेका थिएनन् । ज्ञानेश्वरमा घर भए पनि विभिन्न ठाउँका अपार्टमेन्टमा जेनिसालाई राख्ने काम खनालबाट भएको थियो ।

उनीहरूबाट जन्मिएकी पाँच वर्षीया छोरी एसा खनाल पनि यतिखेर अलपत्र छिन् ।

उच्च ओहदा र शक्तिशाली पदमा रहेका कारण जेनिसाले खनालविरुद्ध न्यायका लागि कुनै अधिकारको लडाइँ लड्न सकेकी छैनन् ।

खनालकी जेठी पत्नी मीना खनाल पूर्वनिजामती कर्मचारी हुन् । उपल्लो तहमा काम गरेकी मीना सेवानिवृत्त हुन् । खनालका जेठिपट्टि दुई छोरा छन् ।

खनालले कतिपय व्यक्तिगत पाटो समाचारको विषय बनाउनु उपयुक्त नहुने बताए । उनले आफ्नो दोस्रो विवाह नभएको दाबी गरे । उनले भने, ‘यस्तो कसरी हुनसक्छ ? मजस्तो व्यक्तिले कसरी त्यसो गर्न सक्छु ?’