२९ आश्विन २०८३, बिहिबार

एकदिवसीय क्रिकेटमा बंगलादेशले भारतलाई हरायो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

india-vs-bangladesh

काठमाडौं, ४ असार । घरेलु मैदानमा बंगलादेशले भारतलाई पहिलो एकदिवसीय क्रिकेटमा ७९ रनको अन्तरले पराजित गरेको छ ।

बंगलादेशको मिरपुरमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको बंगलादेशले दुई बाँकी छँदै सबै विकेट गुमाएर ३ सय ७ रन बनाएको थियो ।जवाफी व्याटिङका लागि मैदानमा उत्रिएको भारतले ४६ ओभरमा २ सय २८ रन जोड्दा अलआउट भएपछि बंगलादेश विजयी भएको हो ।

बंगलादेशका लागि तमिम इकवाल र सौम्य सरकारले १ सय ५ रनको साझेदारी गरेका थिए । सौम्य सरकार ५४ रनमा आउट भए । तमिम ६० रनमा पभेलियन फर्किए । लिटोन दास ८ र मुस्फिकर रहित १४ रनमा आउट भए । सकिब र सबिरले पाँचौं विकेटका लागि ८३ रनको साझेदारी गरे । सविर ४१ रनमा आउट भए ।

सकिब ५२ रनमा आउट भए । नासिरले ३४ रन जोडे भने मोर्टाजाले २१ रन जोडे । रुवेल हुसेन ४ र तास्किन अहमद २ रनमा आउट भए । भारतका अश्विनले ३ विकेट लिए । उमेश यादब र भुवनेश्वर कुमारले समान २-२ विकेट झारे ।

जवाफी व्याटिङ गरेको भारतका लागि रोहित शर्मा र शिखर धवनले ९५ रनको साझेदारी गरे । शर्माले सर्वाधिक ६३ रन बनाए । सुरेश रैनाले ४०, शिखर धवनले ३०, रविन्द्र जडेजाले ३२ र विनय कुमारले २५ रन बनाए ।

विराट कोहली १ रनमै आउट भए । कप्तान महेन्द्र सिंह धोनीले ५ तथा अजिन्क्या रहाणेले ९ रन बनाए । मोहित शर्मा ११ रनमा आउट भए । बंगलादेशका मुस्तफिजुर रहमनले भारतका ५ विकेट लिए । यस्तै सकिब अल हसन र तस्किल अहमदले समान २–२ विकेट लिए ।

यो जितसँगै बंगलादेशले तीन खेलको श्रृखलामा १–० को अग्रता लिएको छ ।