काठमाडौं । कलियुगको उत्तरार्थमा नैतिकताहिन घटनाहरु दिनदिनै हुन थालेका छन् ।
जनपद मेवात जिल्लाको खण्ड गाउँमा एक महिलामाथि यौन दुव्र्यवहारको प्रयास भएको छ । खण्ड गाउँको जफराबादमा बस्दै आएकी मिसकीना नामकी महिलामाथि उनकै जेठाजूले यौन दुव्र्यवहारको प्रयास गरेका हुन् ।
मंगलबार जब ति महिला आफ्नो कोठामा सुतिरहेकी थिईन, तब उनका जेठाजू कोठामा आएर जबरजस्ती बलात्कार गर्न खोजे । त्यही बेला उनी जोर चिच्याएकी थिईन् । तर उनका जेठाजूले मुख थुनेर जबरजस्ती कपडा खोल्न थाले ।
त्यसपछि उनी खुट्टाले जेठाजूलाई लात्ति हान्दै बचाउ बचाउ भनेर ढोका सम्म पुगेकी थिईन् । तर त्यहाँ ढोका बन्द थियो आफूमाथि लात हानेको भन्दै जेठाजूले ती महिलालाई घाँटी थिचेर मार्न खोजे ।
त्यही बेला उनको आवाज सुनेर बाहिरबाट रत्ती नामका छिमेकी आएर उनलाई बचाए । त्यो बेलासम्म ईसुफ नामका उनका जेठाजू भागिसकेका थिए । जेठाजूको कुटपिटबाट ती महिलाको मुखमा चोट लागेको छ ।
ईसुफविरुद्ध ती महिलाले तावडू थानामा मुद्दा हालेकी छिन् । ईसुफलाई जबरजस्ती करणी ऐन अन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ । उनी अहिले पनि फरार छन् । प्रहरीले खोजी गरिरहेको छ । ती महिला अन्तरजातीय विवाह गरेर श्रीमानसँग घर बाहिर कोठा लिएर बस्दै आएका थिए । यो घटना भारतको तमिनाडु राज्यको हो । एजेन्सी














प्रतिक्रिया