एजेन्सी – अमेरिकी बक्सर फ्लोइड मेवेदर विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा परेका छन् । वार्षिक ३० करोड अमेरिकी डलर आम्दानी गर्ने उनी अघिल्लो वर्षजस्तै यो वर्ष पनि सूचीको पहिलो स्थानमा छन् ।
मेवेदर सूचीको पहिलो स्थानमा परेको यो लगातार चौथो वर्ष भएको फोब्र्सले जनाएको छ । मेवेदरको ३० करोडको आम्दानी कीर्तिमानी हो । योभन्दा पहिले सन् सन् २००८ मा टाइगर उडले वार्षिक ११ करोड ५० लाख डलर कमाएका थिए ।
विश्वकै धेरै कमाउने सय खेलाडीको सूचीमा भारतको क्रिकेट खेलाडी महेन्द्र सिंह धोनी पनि परेका छन् । उनी फोब्र्सको खेलाडी सूचीमा २३ औं स्थानमा परेका छन् । उनको यो स्थान गत वर्षको तुलनामा १ स्थान कम हो । धोनीको आम्दानी ३ करोड १० लाख अमेरिकी डलर छ । यसमा तलब र पुरस्कारको ४० लाख र विज्ञापनबाट हुने २ करोड ७० लाखको आम्दानी समावेश छ ।
त्यस्तै चर्चित खेलाडी टाइगर उड, टेनिस स्टार रोजर फेडेरर र पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो फोब्र्सको सूचीमा सूचीकृत भएका छन् । २ करोड ९७ लाखको आम्दानीसहित रुसी टेनिस खेलाडी मारिया सारापोभा सूचीको २६ औं स्थानमा परेकी छन् । आजको कारोबार दैनिकमा खबर छ ।















प्रतिक्रिया