सातादिनदेखि विद्यालय र समुदायमा तनाव सिर्जना भएसँगै प्रहरीले गाउँमा नियमित गस्ती र विद्यालयमा सुरक्षा दिँदै आएको छ। शिक्षक इद्रसी पहिलो पनि विद्यालयमा छात्रा र महिला कर्मचारीमाथि हातपात र जर्वजस्ती अनैतिक व्यवहार देखाएको र यसपाली छात्रा नै भगाएको भन्दै स्थानीयबासी र अविभावक विद्यालय व्यवस्थापक र प्रशासनप्रति आक्रोसित छन्। शिक्षकले विद्यालयकी छात्रा भगाएपछि छात्राहरु विद्यालयमा आउन छोडेको विद्यार्थी भुपेन्द्र खत्रीले बताए। ‘एकहप्तादेखि विद्यालयको पठनपाठन भएको छैन्, केही साथीहरु पढ्न अन्य विद्यालयमा गैइसकेका छन्,’ उनले भने, ‘विद्यालयका गुलाम सर र प्रअ हरिराम थारुको व्यवहार ठिक छैन,छात्रामाथि नराम्रो व्यवहार गर्छन्।’ शिक्षक गुलामले गत वर्षमात्र विद्यालयकै एक कर्मचारीमाथि हातपातको प्रयास गरेका थिए। ‘फरार शिक्षकलाई पक्राउ गरेर विद्यालयमा उपस्थित गर्नुपर्छ पहिलो हाम्रो माग हो,’ छात्राका बुवा पप्पुसिँहले भने, ‘त्यसपछि जागिरबाट निष्काशन, बालविवाह र बहुविवाह अनुसार कारवाही हुनुपर्छ।’
छोरी विवाह गर्ने शिक्षकलाई विद्यालय व्यवस्थापन, शिक्षक र स्थानीय प्रहरीले मिलेर लुकाएको उनले आरोप लगाए। विद्यालय प्रअ हरिराम थारुले अविभावकको माग अनुसार छात्रा विवाह गर्ने शिक्षकलाई जागिरबाट बिहीबारदेखि निष्काशन गरिएको र कारवाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला शिक्षा कार्यालयमा सिफासिर गरिएको बताए। ‘एक जना शिक्षकले गर्दा समग्र विद्यालयको बद्नाम भएको छ,’ उनले भने, ‘बद्मासी गर्ने शिक्षकलाई कारवाही भैइसकेको छ, हाम्रो माग अविभावकले विद्यार्थी बाहिर पढ्ठ पठाउनु भएन्।’ शिक्षकले छात्रा भगाएपछि अधिकांश छात्राहरु विद्यालयमा पढ्न आएका छैनन्। केही अन्य छिमेकी विद्यालयमा गएका छन्। स्थानीय बासी र अविभावक आक्रोसित हुँदै आक्रमक बनेका छन्।
छात्रा भगाउने शिक्षकका पत्नि सावित्री कुमारी थारु सोही विद्यालयकी शिक्षिका हुन्। उनको १३, ११ र ८ वर्षका दुई छोरा र एक छोरी छन्। शिक्षकले केटीलाई ललाइ फकाई र प्रलोभनमा पारी विवाह गरेको आरोप स्थानीयको छ। इलाका प्रहरी कार्यालय कोहलपुरमा जनकबहादुर शाहीले शिक्षकले छात्रा भगाएपछि गाउँमा सामूहिक झडप हुने सम्भावना देखिएकोले प्रहरीकोे निगरानी बढाएको बताए। प्रहरीमा छात्रा भगाएको निवेदन आएको छ, हामीले प्रहरीले परिचालन गरेका छौ,’ उनले भने। छात्रा भगाएपछि केेटाका परिवार र अन्य अविभावकले संयुक्त रुपमा पक्राउ र कारवाही सहित प्रहरीमा उजुरी दिएका छन्। आजको नागरिक दैनिकमा समाचार छ ।
















प्रतिक्रिया