४ कार्तिक २०८३, बुधबार

तरकारी किन्न भन्दै घरबाट भागेका चार किशोरी भारतको वेश्यालय पुग्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sexy-Lady-In-Nepal
नेपालगन्ज, ४ असार । विभिन्न प्रलोभनमा पारेर भारत पुर्याउन लागिएका चार किशोरीलाई नेपालगन्ज नाकाबाट उद्धार गरिएको छ। किशोरीलाई भारत पुर्याउने कार्यमा संलग्न एक जना दलाललाई प्रहरीले पक्राउ गरेेको छ।
नेपालगन्जबाट बुधबार बेलुका सिमा प्रवेश गर्न लागेको अवस्थामा किशोरीहरुलाई साथी संस्था र भारतीय सिमा सुरक्षा बल(एसएसबी)ले छुट्टा–छुट्टै स्थानबाट उद्धार गरेका हुन्। नेपालगन्ज भन्सारस्थित साथी संस्थाको निग्रानी तथा सूचना परामर्श केन्द्रले मोरङ निवासी १८ वर्षीया जिना बिक, इटहरीकी १८ वर्षीया सरिता बिक र झापा निवासी १६ वर्षीया फुलमाया बिकलाई उद्धार गरेको हो।रिक्सामा चढेर रुपैडियातर्फ गइरहेका बेला उनीहरुलाई नियन्त्रणमा लिइएको साथी संस्थाका उद्धारकर्मीले बताए।

यी किशोरीहरुलाई भारत पुर्याउन खोज्ने दलाल बिराटनगरका रोशन भनिने राज चौधरी भने फरार भएका छन्। सोही समयमा नेपाल–भारत सिमा पार गरिसकेकी झापा, सुरुङ्गा निवासी १७ वर्षीया मनिषा मर्दीलाई भारतीय सिमा सुरक्षा बल(एसएसबी)ले आफ्नो चेकपोष्टबाट उद्धार गरेको हो। मनिषासँगै रहेकी दलाल सुर्खेत खानीखोला–६ की २९ वर्षीया ओविसरा रानालाई भने एसएसबीले नियन्त्रणमा लिएको छ। पक्राउ लगत्तै एसएसबीले रानालाई नेपाल प्रहरीको जिम्मा लगाएको छ, भने उद्धार गरिएकी किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको छ। अन्य तीन किशोरी साथी संस्थाको संरक्षण केन्द्रमा छन्।

उद्धार गरिएका किशोरीको बयान अनुसार उनीहरु चारै जनालाई दलालले काठमाडौंबाट बुधबार नेपालगन्ज ल्याएर एउटै होटलमा राखेका थिए। नाका प्रवेश गराउन दलालले उनीहरुलाई झोला र ५/५ सय रुपैयाँ थमाएका थिए। कसैले सोधेमा ‘तरकारी किन्न रुपैडिया जान लागेको’ भन्न लगाएका थिए। ‘तीन जना किशोरी तीन वटा रिक्सामा अलग्गै बसेका थिए,’ उद्धारकर्मीले भने ‘तीन वटै रिक्सा लस्करै हिडिरहेको अवस्थामा हाम्रो नजर उनीहरुतिर परिहाल्यो।’ चेकपोष्टमा सोधपुछ गर्दा किशोरीले सुरुमा झुटो कुरा बोलेपनि धेरै बेरपछि वास्तविक कुरा खोलेर भारत जान लागेको स्वीकार गरेको उद्धारकर्मीले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक सुशीलसिंह राठौरले किशोरीलाई भारत पुर्याउने कार्यमा संलग्न मध्ये महिला पक्राउ परिसकेकाले अनुसन्धान गर्न सहज भएको बताए। ‘प्रारम्भिक अनुसन्धान अनुसार दुई जना दलाल मिलेर चार किशोरीलाई भारत लैजान खोजेको देखियो,’ डिएसपी राठौरले भने। पक्राउ परेकी राना विरुद्ध मानव वेचविखन ऐन अन्तर्गत मुद्दा चलाइने भएको छ। किशोरीलाई रोजगारीका लागि भारत हुदै तेस्रो मुलुक लैजान लागेको उनले बयान दिएकी छन् । आजको नागरिक दैनिकमा समाचार छ ।