कोहलपुर, ४ असार । होटलमा अवैध यौनधन्दा चलाएको आरोपमा कोहलपुर प्रहरीले एक होटल सञ्चालक र दुई जोडीलाई पक्राउ गरेको छ ।
कोहलपुर चप्परगौडीस्थित होटल सल्यानी गाउँलेका सञ्चालक र यौन कार्यमा संग्लन दुई जोडी युवा युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका विरुद्ध अनैतिक यौनकार्यमा संग्लन भएको भन्दै प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । कोहलपुर प्रहरीका अनुसार पक्राउ परेका सञ्चालक र युवा युवतीमाथि थप अनुसन्धान भैइरहेको छ । उनीहरुलाई मुद्दा दर्ता गरी अनुसन्धान भैइरहेको डिएसपी जनकबहादुर शाहीले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।















प्रतिक्रिया