काठमाडौं, ४ असार । सरकारी मेडिकल कलेजमा विशेषज्ञ चिकित्सा विषयको अध्ययन गर्ने अन्तिम तयारीविरुद्ध ठूलो चलखेल सुरु भएको छ ।
यो तहको पढाइ हुने सरकारी संस्थालाई हालको आम्दानी बराबर अनुदान दिएर निशुल्क गर्न कार्यविधि बनिरहेको अवस्थामा केही संस्थाका पदाधिकारी कार्यविधि आउन नदिन लागि परेको नागरिक दैनिकले छापेको छ ।
उनीहरुले उच्च राजनीतिक तथा प्रशासनिक प्रभाव पार्ने, कार्यविधि प्रावधानलाई लागू हुन नदिने, हेरफेर गर्न चिकित्सक एवम चिकित्सा क्षेत्रका विद्यार्थीमार्फत दबाब समेत दिने गरेको कार्यविधि मस्यौदा समितिका सदस्यहरुले बताएका छन् ।















प्रतिक्रिया