३० आश्विन २०८३, शुक्रबार

संजयलाई नेपाली जनसम्पर्क समिति अमेरिकाको ३ लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hygअमेरिका । उत्तर अमेरिककाको सर्वोच्च शिखर डेनाली आरोहणको तयारीमा रहेका अल्ट्रा धावक तथा कृतिमानी पर्वतारोही संजय पण्डितलाई जनसम्पर्क समिति अमेरिकाले आज आयोजित अन्तरक्रिया कार्यक्रम समारोह बीच सम्मान गर्नुका साथै सफलताको कामना गर्दै करिब तीन लाख आर्थिक रकम समेत हस्तान्तरण गरेका छ ।

सात महादेशका सातै वटा सर्वोच्च शिखर आरोहणको कीर्तिमान बनाउने अभियानमा रहनु भएका संजय पण्डितले यस अघि विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालकै मलास्लु, अफ्रिकाको उच्च शिखर किलिमान्जारो, युरोपको उच्च शिखर माउण्ट एलब्रुस, अस्ट्रेलियाको माउण्ट कोजिअस्को र दक्षिण अमेरिकाको माउण्ट एकान्कोगुवा आरोहण गरी सकेका छन् ।

पण्डितले नेपालको नाम विश्वमा चिनाउन आफु लागि परेको र अमेरिकाको डेनाली आरोहण जीवनको एउटा अवस्मरणीय क्षण रहने र भूकम्पबाट दिवंगत हुनेहरूका आत्माको शान्तिको कामना गर्दै आरोहण गर्ने आफ्नो उद्देश्य रहेको बताउँदै उहाँहरू प्रतिको सम्झनामा आरोहण समर्पण गर्ने कुरा बताउनुभयो ।

उहाँ जून २३ मा न्यूयोर्क देखि अलास्का प्रस्थान गर्नुहुनेछ । कार्यकममा नेपाली जनसम्पर्क समितिका केन्द्रीय सभापति आनन्द बिस्ट, नेपाली समाजका रिज्वूद उपाध्यक्ष कृष्णबहादुर बिस्ट, लगायतले रकम तथा खादा पहिर्याइएर सम्मान अनि हस्तान्तरण गरेका थिए ।