२९ आश्विन २०८३, बिहिबार

२४ वर्षपछि कोलम्बियाले ब्राजिललाई हरायो, नेयमारको कमजोर प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kopa-america-football-kolymbia

काठमाडौं, ३ असार । कोपा अमेरिका फुटबलको इतिहासमै कोलम्बियाले ब्राजिललाई वर्षाैपछि पराजित गर्न सफल भएको छ । जेसन मुरिल्लाको एक गोलको मद्दतमा कोलम्बियाकाले गोल ५ पटकको विश्वकप विजेता ब्राजिललाई २४ वर्षपछि हराएको हो ।

मुरिल्लाले खेलको ३६ औं मिनेटमा गोल गरेका थिए । अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगितामा विश्वकपको गत संस्करण आयोजक ब्राजिललाई पराजित गरेपछि कोलम्बियाले सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राखेको छ ।

यो जितसंगै कोलम्बियाले २४ वर्षयता पहिलोपटक ब्राजिललाई फुटबलमा पराजित गर्न सफल भएको हो । कोलम्बियाको यो जितसँगै ग्रुप ‘सि’मा कोलम्बिया, ब्राजिल र भेनेजुएलाको समान ३/३ अंक छ ।

ब्राजिलले कोलम्बियालाई पराजित गर्न सकेको भए क्वाटरफाइनलको सम्भावना बलियो हुन्थ्यो । अब भने सेमिफाइनल प्रवेशका लागि उसले लिग चरणअन्तर्गत भेनेजुएलासँग हुने अन्तिम खेलमा जित हासिल गर्नुपर्ने छ ।

ब्राजिलियन स्ट्राइकर नेयमारले कोलम्बियासँगको खेलमा खासै राम्रो प्रदर्शन गर्न सकेनन् । खेलको अन्तिममा कोलम्बियाका खेलाडीसँग झगडा गरेपछि उनले रातो कार्ड पाएका थिए ।