काठमाडौं, ३ असार । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले जीवनजगतका कतिपय अनुत्तरित प्रश्नको उत्तर खोज्ने बुद्ध र उनको समयको साहरा लिन थालेका छन् ।
दार्शनिक र राजनीति शास्त्रका कतिपय कुराको मूल बुझ्न उनी बुद्धको जीवन र बुद्धले बाँचेको समयको अध्ययन गरिरहेका छन् । बुद्धकालीन समयलाई केन्द्रमा राखी चिन्तन मनन र अध्ययन गरिरहेका उनी बुद्धलाई धार्मिक अगुवा नभई प्रखर दार्शनिक मान्छन् ।
झलनाथ हिजोआज जुनसुकै विषयमा कुराकानी गर्दा पनि बुद्धकालीन समय र बौद्धदर्शनको प्रसंग झिक्न थालेका छन् । अध्यक्ष पदबाट बिदा लिएपछि केही फुर्सदिला भएका उनी बुद्धकालीन समयबारे अध्ययन र चिन्तन गरिरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।















प्रतिक्रिया