३० आश्विन २०८३, शुक्रबार

को कलाकार के गर्दैछन् ? यस्तो छ कलाकारको जीवनशैली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madan-hari-rajesh

काठमाडौं । भूकम्पले सबैको पूर्वनिर्धारित योजना खल्बल्याएको छ । सधै सुटिङ, डबिङ र पब्लिसिटीमा व्यस्त हुने अधिकांश कलाकार अहिले फुर्सदमा छन् । केही कलाकार भूकम्पपीडितलाई साँच्चै राहत वितरण र पुननिर्माणमा खटिएका पनि छन् भने कतिपय भने चाउचाउ बाँडेको फोटो खिचेर फेसबुकमा हाल्न र सञ्चारकमीले फोन गरेर समाचार लेखिदिन अनुरोध गर्नमै मस्त छन् ।

जनजीवन सामान्य अवस्थामाप फर्किएसँगै कतिपय फिल्मको सुटिङ सुरु भएको छ । हल सञ्चालनमा आए पनि नयाँ फिल्म रिलिजको टुंगो भने अहिलेसम्म लागिसकेको छैन । नायक भुवन केसी अहिले फिल्मको सुटिङका लागि पोखरामा व्यस्त छन् । अभिनेत्री तथा निर्मात्री रेखा थापा अमेरिका रहे पनि भूकम्पपीडित सञ्चारकर्मी तथा सर्वसाधारणलाई रेखा थापा फाउन्डेसनमार्फत सहयोग प्रदान गरिरहेकी छन् ।

केही दिनका लागि भनेर वैशाख अन्तिममा अमेरिका गएकी रेखाले तत्काल रामप्यारीको सुटिङ नगर्ने भएकाले बसाई लम्ब्याएको बताइन् । महजोडी भूकम्पपीडितका लागि निरन्तर लागिरहेका छन् । उनीहरुले विभिन्न स्थानमा राहत सामग्री वितरण गर्ने तथा आपत्का बेलामा सबैलाई एक हुनुपर्ने सन्देश प्रस्तुत गरिरहेका छन् । हास्यअभिनेता दीपकराज गिरी र दीपाश्री निरौला हालै आबुधाबीमा भूकम्पपीडितको सहयोगार्थ आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी भए ।

उनीहरु सम्मिलित उक्त सोबाट करिब ४० लाख रुपैयाँ सहयोग रकम संकलन भएको छ । अभिनेत्री झरना थापा पनि राहत संकलन र वितरणमै व्यस्त छिन् । उनीझैं अर्की अभिनेत्री करिश्मा मानन्धर पनि भूकम्पपीडितको समस्या सुन्न र सक्दो सहयोग गर्न सक्रिय छिन् । भूकम्पपीडितलाई राहत जुटाउने बहानामा अमेरिकालगायतका देश उड्ने कलाकर्मी पनि उल्लेख्य छन् । अभिनेता नन्दिता केसी सोही कार्यक्रमका लागि अमेरिका जाने भएकी छन् भने निशा अधिकारी केही दिनअघि उडिसकेकी छन् ।

पछिल्लो समय अमेरिका जाने कलाकर्मीको लहर नै चलेको छ । त्रसित मनहरुलाई आनन्दित पार्ने काममा लागेका छन् हास्यकलाकार किरण केसी (राता मकै) जितु नेपाल (मुन्द्रे), सुरेन्द्र केसी (मुला साग), शिवहरि पौडेल, मनोज आचार्य (खुरापाती हाकिम), शिवशंकर रिजाल(जोगिन्दर पानवाला), अभिनेता दिलीप रायमाझी, गायिका कोमल वलीलगायत । उनीहरु राजधानी तथा भूकम्पपीडित विभिन्न जिल्लामा पुगेर त्यहाँका विद्यार्थी, अभिभावक तथा सर्वसाधारणलाई आफ्नो कलामार्फत मनोवैज्ञानिक राहत प्रदान गरिरहेका छन् ।

साभार : नयाँ पत्रिका बाट ।