३ कार्तिक २०८३, मंगलबार

नेपालमा यस्तो छ अमेरिकी र अष्ट्रेलियाली बोकाको कमाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goat Nepal Bakharaकाठमाडौं, ३ असार । अमेरिका र अस्ट्रेलियाबाट आयात गरिएका बोकाबाट स्थानीय जातका बाख्राको गर्भाधान गराउन थालिएको छ ।

उतैबाट ल्याइएको बिर्यबाटसमेत स्थानीय जातका बाख्राको धमाधम कृत्रिम गर्भाधान गराउन थालिएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

नेपाली बाख्राको नश्ल सुधार र दूध दिने क्षमता वृद्दि गर्न कृषि विकास मन्त्रालयले गत पुसमा बोका र पाठी आयात गरेको थियो ।

अस्ट्रलियाबाट मासुका लागि प्रख्यात बोयर जातका ४० पाठी र ३९ बोका तथा अमेरिकाबाट दूधका लागि प्रख्यात सानन जातका ३० पाठी र २० बोका आयात गरिएको थियो ।

अमेरिकाबाट प्रतिगाटा दुई लाख रुपैयाँका दरले खरिद गरी ल्याइएका सानन जातका बाख्रा व्याउन थालेका छन् ।

सानन जातका बाख्राले दैनिक चार लिटरसम्म दूध दिन्छन् ।

कृषि विकास मन्त्रालयले ३० सानन पाठी आयात गरी कृषि अनुसन्धान केन्द्र बन्दीपुरमा २० र बाख्रा विकास फार्म चित्लाङमा १० पाठी राखेको थियो ।