काठमाडौं, ३ असार । संयुक्त राष्ट्रसंघका विभिन्न निकायलगायत विश्वका ९५ अन्तर्राष्ट्रिय संघसंस्थाले नेपालका भूकम्पपीडितलाई पठाएको राहत सामग्री बुझेर र बाँड्ने जिम्मेवारी सम्हालेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले के कति सामग्री बुधबार बुझ्यो र वितरण गर्यो भन्नेमा सरकार बेखबर छ ।
सरकारले सरोकारवाला सरकारी निकायले यी संस्थामार्फत आउने सामग्रीको न रेकर्ड राख्नै सकेका छन् न संस्थामाथि नियन्त्रण ।
भूकम्पपीडितलाई एकद्वार प्रणालीअनुरुप राहत वितरण गर्ने नीति लिएको भए पनि यी संस्थाहरुले के कस्ता र कति परिमाणमा राहत सामग्री नेपाल पठाए– ल्याए र ती सामग्री कहाँ वितरण गरे भन्ने जानकारी सरोकारबाला निकायसँग नरहेको नागरिक दैनिकले छापेको छ ।
विदेशबाट आउने राहत सामग्रीको तथ्यांक राख्ने र वितरणमा समन्वय गर्ने जिम्मेवारी पाएको गृह, परराष्ट्र, अर्थ र वाणिज्य तथा आपूर्ति मन्त्रालय कसैसँग पनि उनीहरुले ल्याएको राहत सामग्री र वितरण गरेको कार्यको विवरण छैन ।















प्रतिक्रिया