काठमाडौं, ३ असार । आँखा र कान विशेषज्ञ उत्पादन गर्दै त्यससम्बन्धी सबैखाले सेवा प्रदान गर्न नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको आँखा अध्ययन केन्द्र तथा अस्पताल सञ्चालनमा आउने भएको छ।
स्वदेशीसँगै विदेशी विद्यार्थीलाई एमडी अफथालमोलोजी, विशिष्टीकृत सेवाका लागि फेलोसिफ, अनसुन्धानलगायत कार्यक्रम सञ्चालन गर्ने र मुलुकभरका मानिसलाई आँखासम्बन्धी विशेषज्ञ सेवा दिने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा उक्त अस्पताल निर्माण हुन लागेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
अस्पताल सञ्चालनका लागि त्रिवि र नेपाल नेत्रज्योति संघबीच बुधबारम्स झौता भएको छ।
करिब दुई अर्ब रुपैयाँ लगानीमा बन्न लागेको उक्त अस्पतालको एक वर्षभित्र निर्माण कार्य सरु गर्ने योजना रहेको संघका अध्यक्ष डा तीर्थप्रसाद मिश्रले बताए।















प्रतिक्रिया