३ कार्तिक २०८३, मंगलबार

राइफल किन्न प्रतीतपत्र खोल्न स्वीकृति माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

AEG_KA_AG_15_lgकाठमाडौं, ३ असार । नेपाली सेनाले इजरायलबाट गलिल राइफल, थोलीगठ्ठा र पार्टपुर्जा ल्याउन प्रतीतपत्र एलसी खोल्ने स्वीकृतिका लागि रक्षा मन्त्रालयमा पत्राचार गरेको छ ।

सैनिक मुख्यालय जंगीअडेडाले जेठ ३२ मा रक्षा पत्र पठाएको हो ।

सेनाले रक्षा मन्त्रालयको स्वीकृतिमा गभर्मेन्ट टु गभर्मेन्ट जीटूजी प्रणालीमार्फत हतियार ल्याउन इजरायली दूतावासमार्फत प्रक्रिया अघि बढाइसकेको कान्तिपुर दैनिकले छापेको छ ।