३ कार्तिक २०८३, मंगलबार

भूकम्पपीडितलाई पुराना मोबाइल निःशुल्क दिइने ! हेप्नुको पनि हद हुन्छ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Colors-Mobile-CG-600काठमाडौं, ३ असार । स्टोरी साइकलले कलर्स मोबाइलसगको सहकार्यमा भूकम्पपीडितलाई सञ्चार सुविधा उपलब्ध गराउने भएको छ ।

त्यसका लागि कम्पनीले पुरानो फोन नयाँ जीवन भन्ने अभियान सुरु गरेको छ ।

अभियानअर्न्तर्गत राजधानीमा उपभोक्ताले नयाँ सेट किनेपछि थन्क्याएका पुराना मोवाइल कलर्स मोबाइलले संकलन गर्ने छ ।

ती मोबाइललाई आवश्यक परे मर्मतसमेत गरेर स्टोरी साइकल भूकम्पपीडितलाई उपलब्ध गराउने छ ।

कलर्सले राजधानीमा त्यस्ता मोबाइल संकलन गर्न २० ठाउमा ड्रप बक्स राख्ने कम्पनीका रोहित गुप्ताले राजधानीमा त कार्यक्रममा जानकारी दिए ।