काठमाडौं, ३ असार । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।
परीक्षा नियन्त्रण कार्यालयले अहिले उत्तरपुस्तिका परीक्षणपछि संकलित परीक्षार्थीको प्राप्तांकको रुजु गरिरहेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले भने, ‘ढिलोमा शनिबारसम्ममा नतिजा सार्वजनिक गर्छौं। काम छिटो सकियो भने शुक्रबार नै नतिजा निकाल्छौं।’















प्रतिक्रिया