काठमाडौ । गत बैशाख १२ गते गएको शक्तिशाली भूकम्पले अडिसन सरेको सौन्दर्यमा प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१५’ को अडिसन सुरु हुने भएको छ ।
नेक्ष्ट मोडलस् नेपालले मोडलिङ पेसालाई थप ब्यवसायिक, एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नया“ आयम थप्ने उदेश्यले नेपालमै पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिताको पहिलो अडिसन आगामी ५ र १९ गते राजधानीमा आयोजना गरिने बुधबार एक बिज्ञप्ती जारी गर्दै आयोजक नेक्ष्ट मोडलस्ले जानकारी गराएको छ ।
इन्डिया, श्रीलंका, पाकिस्तान, बंगलादेश लगायतका देशमा चर्चित सौन्दर्य प्रतियोगीता ‘मोडल हन्ट’ यस पटक नेपालमा पनि आयोजना गरिन लागिएको हो । नेपाली मुलका युवा युवतीहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन र अन्तर्राष्ट्रिय स्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्था नेक्ष्ट मोडलस् नेपालका अध्यक्ष रवी धमलाले बताए ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रिय स्तरको मोडल बन्न कार्यक्रमले सहयोग पुग्ने उनको भनाई रहेको छ ।
१६ देखि २८ वर्ष ननाघेका फ्रेस फेसका युवायुवतीहरुले प्रतियोगीतामा सहभागीता जनाउन सक्ने प्रावधान आयोजकले राखेको छ । पहिलो चरणको अडिसनबाट छानिन सफल प्रतियोगीलाई अन्तिम स्पर्धाको लागी एक महिने प्रशिक्षण दिइनेछ ।
प्रशिक्षणका क्रममा उनिहरुलाई अन्तराष्ट्रिय रनवे, ब्यक्तित्व बिकाश, आर.जे भि.जे, अन्तराष्ट्रिय फोटोग्राफी एबं फोटो सुट, संञ्चार कला, स्टेज फकमेन्सलगायत बिषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण दिइनेछ । प्रतियोगिताको जानकारी नेक्ष्ट मोडलस् नेपालको केन्द्रिय कार्यालय अनामनगरमा पाउन सकिनेछ ।
प्रतियोगीतामा शिर्ष सहित आधा दर्ज उप–विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगीताको बिजेताले शिर्ष उपाधिका साथमा नगद १ लाख रुपैया, चलचित्रका लागी मुख्य अभिनेता वा अभिनेत्रीको अवसर केही म्युजिक भिडियो, बिज्ञापन चलचित्र अभिनय अवसरका साथै अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिने अवसर पुरस्कारका रुपमा जित्न सक्नेछन् । प्रतियोगीताको अन्तिम स्पर्धा साउन २३ गते राजधानिमा हुनेछ ।
















प्रतिक्रिया