२९ आश्विन २०८३, बिहिबार

विश्वकप क्रिकेट छनोट अभ्यास खेलमा भारतसँग नेपालको दोस्रो हार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali_cricket_team_Paras_Khadka_CAN_Nepalकाठमाडौँ, २ असार । ट्वेन्टी ट्वेन्टी विश्वकप छनोट प्रतियोगिताका लागि भारत भ्रमणमा रहेकोे नेपाली टोली अभ्यास खेलमा भारतको हिमाञ्चल प्रदेशसँग पराजित भएको छ ।

भारतको धर्मशाला क्रिकेट मैदानमा आज भएको अभ्यास खेलअन्तर्गत अन्तिम खेलमा नेपाली टोली हिमाञ्चलसँग सात रनले पराजित भएको हो । उक्त प्रतियोगितामा चार खेल खेलेको नेपालले दुई खेलमा जित तथा दुई खेलमा हार बेहोरेको छ । यसअघि हिजो भएको खेलमा पनि नेपाल हिमाञ्चलसँग २४ रनले पराजित भएको थियो ।

त्यसैगरी, नेपालले पहिलो खेलमा हिमाञ्चलमाथि पाँच विकेटको जित हात पारेका थियो भने दोस्रो खेलमा ६१ रनले विजयी भएको थियो ।

टस जितेर पहिले व्याटिङ रोजेको हिमाञ्चलले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५० रनको योगफल तयार पा¥यो । जवाफी व्याटिङमा उत्रेको नेपाल भने २० ओभरमा सात विकेट गुमाउँदै १४३ रनमा समेटियो ।

हिमाञ्चलको जितमा अभिमन्यु रानाले सर्वाधिक ६७ रनको योगदान दिए । त्यस्तै अमित कुमारले ४९ रन जोडे भने राघव धवनले १८ रन जोडे । हिमाञ्चललाई १५० रनमा समेट्ने क्रममा नेपालका अविनाश कर्णले दुई विकेट लिए भने जितेन्द्र मुखिया, प्रदिप ऐरी र बसन्त रेग्मीले समान एक एक विकेट लिए ।

यसैगरी, नेपालका लागि भने कप्तान पारस खड्काले ३६ रन जोडे । उपकप्तान ज्ञानेन्द्र मल्लले २९, राजेश पुलामी २३, अनिलकुमार मण्लडले १५ र शरद भेषवाकरले १३ रनको योगदान दिए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा हिमाञ्चलका श्रेष्ट निरमोही र राहुल सिंहले दुई÷दुई विकेट लिए भने पङ्कज शर्मा, शुमित बर्मा र राघव धवनले एक÷एक विकेट लिए । रासस