काठमाडौं, २ असार । नेपाललाई अधिकांश समय टक्कर दिँदै आएको भारतीय फुटबल टिमलाई गुआमले नराम्रो हारको स्वाद चखाएको छ ।
फिफाको विश्व वरियतामा १ सय ७४ औं स्थानमा रहेको गुआमले भारतलाई विश्व छनौट अन्तर्गत २–१ गोलअन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा १ लाख ६५ हजार जनसंख्या रहेको गुआमले १ अर्बभन्दा बढी जनसंख्या रहेको भारतलाई नराम्रोसँग पराजित गरेको हो । जीतसँगै दुई खेलपछि गुआम सन् २०१८ को विश्वकप छनौटअन्तरगत समूह डीको शीर्ष स्थानमा उक्लेको छ ।
सन् २००२ मा विश्वकप छनौटमा भाग लिँदा गुआम १६–० र १९–० गोलअन्तरले पराजित भएको थियो । यसअघि गुआमले टुर्किमेनिस्तानलाई समेत पराजित गरेको थियो । गुआम एउटा प्यासेफिक टापु हो जुन जापानबाट १ हजार ६ सय २६ माइल दक्षिणमा रहेको छ । एजेन्सी















प्रतिक्रिया