२९ आश्विन २०८३, बिहिबार

कोपा अमेरिकामा मेस्सीको अर्जेन्टिना विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chile Soccer Copa America Argentina Paraguay

काठमाडौं, २ असार । प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिकामा अर्जेन्टिनाले पहिलो विजयी हात पारेको छ ।

बुधबार विहान भएको खेलमा सर्जियो एगुएरोको एक मात्र गोलको मद्दतमा अर्जेन्टिनाले उरुग्वेलाई पराजित गरेको हो । सर्जियो एगुएरो म्यान्चेस्टर सिटीका स्टार स्ट्राइकर हुन् ।

सहयात्री खेलाडी पाबलो जाबलेटाको पासमा एगुएरोले निर्णायक गोल गर्दा अर्जेन्टिनाले पहिलो जित हात पार्न सफल भएको हो । दुई चिर प्रतिद्वन्द्वीका रुपमा रहेका उरुग्वे र अर्जेन्टिनाबीच ला सेरेनामा भएको खेल बराबरी तर्फ उन्मुख भइरहँदा एगुएरोले उत्कृष्ट गोल गर्दै टिमलाई महत्वपूर्ण तीन अंक दिलाए ।

गत शनिबार अर्जेन्टिनाले दुई गोलको अग्रता गुमाउँदै पाराग्वेसँग बराबरी खेल्न पुगेको थियो । अन्तिममा मेस्सीको बल गोल गर्न मिस हुँदा बराबरी खेलेको थियो ।

चार वर्षअघिको कोपा अमेरिकाको उपाधि विजेता उरुग्वेलाई अर्जेन्टिनाले पराजित गरेको यो पहिलो पटक हो ।