३ कार्तिक २०८३, मंगलबार

एमाओवादीका केन्द्रीय नेताले युवतीलाई गर्भ बोकाएर अवैध बच्चा जन्माए, यस्तो छ रामकहानी !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hemanta-Prakash-Oli

काठमाडौं, २ असार । एमाओवादी पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओली सुदर्शन ६ वर्षदेखि अवैध सम्बन्ध राख्दै आएकी प्रेमिकाबाट जन्मिएका बच्चाको बाबु बनेका छन् ।

यसअघि हेमन्त र ती महिलाको सम्बन्धलाई लिएर पार्टीभित्र र बाहिरसमेत पटकपटक कुरा उठे पनि नेतृत्वले वास्ता गरेको थिएन । शनिबार एमाओवादी केन्द्रीय समितिको बैठकमै कुरा उठेपछि प्रचण्डले एकपटक स्पष्टीकरण सोधेर ६ महिनाका लागि पार्टी सदस्यताबाटै निलम्बन गरिने बताएका थिए ।

प्रचण्डले यस्तो निर्णय सुनाउँदा स्थायी समिति सदस्य जनार्दन शर्माले भने निलम्बनको नाटक रचेर बहुविवाहलाई वैधता दिन खोजिएको टिप्पणी गरिरहेका थिए । बैठकमा भने हेमन्त उपस्थित थिएनन् । प्रचण्डपुत्र प्रकाशले विना मगरलाई तेस्री पत्नी बनाएको घटनालाई पनि एमाओवादीले ६ महिना निलम्बन गरिएको भन्दै बैधता दिन पुगेको थियो । अहिले विनाबाट पनि प्रकाशले बच्चा जन्माइसकेका छन् ।

६ वर्षदेखि हेमन्तको प्रेमिका रहेकी जनयुद्दकालीन रेडियो गणतन्त्रकी पत्रकार अम्बिका चन्द गर्भवती भएपछि मात्रै पार्टीले कारबाहीको तयारी थालेको हो । तर, यसलाई अति गोप्य राखिएको छ । पार्टी अध्यक्ष र महासचिवका नाममा जारी गरिएको सर्कुलरमा समेत यसबारे उल्लेख छैन ।

सानो उमेरमै जनयुद्दमा लागेकी जाजरकोट घर भएकी ठकुरीकी छोरी अम्बिका पार्टी कार्यकर्ता, कलाकार हुँदै रेडियो गणतन्त्रमा कार्यरत भइन् । त्यसक्रममा उनको रोल्पा गजुल घर भएका तत्कालीन जनमुक्ति सेनामा कार्यरत एक दलित छापामारसँग प्रेम विवाह भयो । तर, शान्ति प्रक्रियासँगै अम्बिकाको सम्बन्ध रेडियोमै कार्यरत एक पत्रकारसँग नजिकियो, उनले पुरानो सम्बन्ध तोडिन ।

यस्तैमा उनको हिमचिम हेमन्तप्रकाशसँग बढ्यो । उनलाई हेमन्तले मगरात कार्यालयको जिम्मेवारी दिएर आफूसँगै राखे । त्यतिबेलै पार्टीका नेता तथा कार्यकर्ताले शंका नगरेका होइनन्, तर हेमन्तले आफ्नी छोरी बनाएर कार्यालयमा राखेको बताए भने अम्बिकाले पनि हेमन्तलाई बाबु भनेर सम्बोधन गर्न थालिन् ।

माओवादी सरकारमा सहभागी हुने क्रममा हेमन्तले अम्बिकालाई काठमाडौंमै ल्याएर राखे र बयोध अस्पतालमा सानोतिनो जागिरसमेत लगाइदिए । काठमाडौंमा दुवैको सम्बन्धमा कुनै रोकतोक थिएन । पार्टी नेताले थाहा पाएपनि आँखा चिमिलदिए ।

पटकपटक अम्बिकाले एभर्सन गर्दै आएकी थिइन् । तर, पछिल्लोपटक टाइम पनि केही बढी भएको एवं क्युरेट गर्दा ज्यान पनि जान सक्ने भन्दै डाक्टरले स्वीकृति नदिएपछि हेमन्त प्रेमिकाबाट जन्मने बच्चाको बाबु बन्न लागेका हुन् । आजको जनआस्था साप्ताहिकमा खबर छ ।