३० आश्विन २०८३, शुक्रबार

बिष्णु भट्टराईको निर्देशनमा प्रमोद खरेलको गीत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pramod-kharel-song (1)

– सुशिल नेपाल
पाल्पा । चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको ‘चस्की रहन्छ मन मेरो, दुखि रहन्छ छाती’ बोलको गीतको म्युजिक भिडियो छायांकन गरिएको छ ।

बिष्णु भट्टराईको निर्देशन तथा सम्पादन रहेको भिडियोको बुटवल, लुम्बिनी, भैरहवा लगायतका मनोरम स्थानमा छायांकन गरिएको हो । भिडियोमा बिष्णु कुवँर, मोफसलकै व्यस्त मानिने मोडल कृष्ण बाबु र ममता ढकालको अभिनय रहेको छ ।

बसन्त थापाको शब्द, विपिन आचार्यको संगित, सगुन शर्माको श्रृङगार रहेको भिडियोलाई दिपेश डिसीले खिचेका हुन । बिष्णु भट्टराई मोफसलमा नयाँ कलाकार उत्पादन गर्ने र राम्रा भिडियो निर्माण गर्ने निर्देशकमा पर्छन ।

pramod-kharel-song (2)

भिडियोलाई चाँडैनै बजारमा ल्याउने भटराईले बताए । भिडियोलाई अविरल फिल्मस प्रालिको व्यानरमा बजारमा ल्याइने छ । यस भिडियोकी मोडल ममता ढकाललाई बिष्णु भट्टराईले नै प्रमोद खरेलको ‘तिम्रो मन अन्तै भए’बाट मोडलिङमा ल्याएका थिए ।

त्यसपछि ममता एकपछि अर्को भिडियोमा व्यस्त भइरहेकी छिन भने बिष्णु कुँवरलाई निर्देशक भट्टराईले यसै भिडियोबाट डेब्यु गराएका हुन ।