३ कार्तिक २०८३, मंगलबार

बाढीपीडितका लागि आएको चालीस करोड कहिले बितरण हुन्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisaकाठमाडौं, २ असार । गत बर्खामा मध्य र सुदूरपश्चिम क्षेत्रसाथै सिन्धुपाल्चोकमा बाढीले विस्थापित भएका सयौं घरपरिवारको राहत र पुनस्र्थापनाका लागि स्वदेशी तथा विदेशी संघसंस्था र व्यक्तिहरूले दिएको झन्डै ४० करोड रुपैयाँको सहयोग सरकारले अझैसम्म सम्बन्धित पीडितका लागि खर्च गरेको छैन।

बाढीले मध्य र सुदूरपश्चिम क्षेत्रका सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसाथै सिन्धुपाल्चोकको जुरेलगायत क्षेत्रमा ठूलो भौतिक र मानवीय क्षति पुगेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

ती क्षेत्रको पुनर्निर्माण र पीडितलाई राहतका लागि स्वदेशी र विदेशीबाट प्रधानमन्त्री राहत कोषमा ३९ करोड ९६ लाख ९७ हजार नौ सय ३३ रुपैयाँ सहयोग जुटेको थियो। उक्त रकम अहिलेसम्म पनि सोही प्रयोजनमा खर्च नभई प्रधानमन्त्री राहत कोषको बैंक खातामा बचत भएर बसेको छ।

स्वदेशी र विदेशी दुई सय ११ संघसंस्था र व्यक्तिहरूले गत वर्षका बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरेका हुन्।

बाढीपीडितका सहयोगका लागि एनसेल प्रालिले २० करोड, युनिलिभिर लिमिटेडले एक करोड, सशस्त्र प्रहरी बल कल्याणकारी कोषले एक करोड ८८ लाख, तिब्बत सरकारले एक करोड ५५ लाख, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले दुई करोड, बुद्ध एयरले एक करोड ५० लाख, इन्भेस्टमेन्ट बैंकले एक करोड, ग्लोबल आईएमई एक करोड १० लाख र भारतीय दूतावासले चार करोड ८७ लाख रुपैयाँलगायत सहयोग गरेका थिए।