काठमाडौँ, १ असार । उद्योगमन्त्री महेश बस्नेतले भूकम्पमा क्षति भएका कलकारखाना, उद्योगलाई सहुलियत ऋण उपलब्ध गराउने बताउनुभएको छ ।
जुत्ता उत्पादक सङ्घ नेपालले आज यहाँ आयोजना गरेको जुत्ता तथा चप्पल डिजाइन तालिमको उद्घाटनमा उहाँले क्षतिग्रस्त उद्योगलाई ऋण उपलब्ध गराउन मन्त्रालयले पहल गरेको बताउनुभयो । उहाँले भूकम्पपछि रोजगारीका लागि बाहिरीनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको भन्दै यस्ता खालको तालिम दिएर नेपालमै काममा लगाउनुपर्नेमा जोड दिनुभयो ।
भूकम्पले क्षति पु¥याएका ठूला उद्योगलाई रु ५० लाखदेखि रु एक करोडसम्म ऋण दिनेसमेत मन्त्री बस्नेतले बताउनुभयो । उहाँले अब आउने बजेटमा तालिमका लागि विशेष प्राथमिकता दिने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य सङ्घका कार्यबाहक अध्यक्ष पशुपति मुरारकाले नेपाली उद्योग क्षेत्रका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने बताउनुभयो । सङ्घले काठमाडौँ उपत्यकाका २० उद्योगमा २० जनालाई तीन महिने निःशुल्क तालिम दिन लागेको छ । रासस















प्रतिक्रिया