२९ आश्विन २०८३, बिहिबार

‘बाह्रै महिना खरिद गर्‍यो, अनि बेच्यो यहि हो हाम्रो व्यवसाय’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Palpa-pasal

– सुशिल नेपाल
पाल्पा १ असार । उमेर ४४ बर्ष । तानसेनको सडक छेउँमा बसेका । खुट्टामा चप्पल, टाउकोमा टोपी लगाएका । हातमा तुलो लिएर लिची तौलिँदै गरेका । २ बजेको आसपास । उनको पछाडि रित्तिएको खाली बोरा त अगाडि भुँइमा थोरै बाँकि रहेको लिची ।

त्यहि लिची किन्न पनि ग्राहकको भिडभाड । भन्दै थिए–‘आज त चाँडै नै सकिसक्यो, ११ बजे ल्याएको ३० किलो लिची २ नबज्दै बिकिसक्यो ।’ तानपा ९ बर्तुङका चिरञ्जिवी न्यौपाने यो सिजनमा लिची बेच्नमा अत्यन्त व्यस्त छन् ।

बिहानको समयमा गाउँगाउँमा गएर लिची खरिद ग¥यो, दिउँसोको समयमा बजारमा ल्यायो र कतै सडकपेटीमा बसेर बेच्यो । हिजोको मात्र होइन, आजको मात्र पनि होइन विगत ५ बर्षदेखिको दैनिकी हो यो उनको । एक महिना होइन दुई महिना होइन, बाह्रै महिना ।

अहिले लिची, यसपछि भुईकटर, अनि अम्बा, सुन्तला, केरा । यस्तैयस्तै सिजन अनुसारका फलफुल । उनले भने-‘पहिले केहि समय भैँसी पाले र दुध बेचे तर त्यो केहि समय पनि टिकेन अनि यता लागे ।’ उनी विगत ५ बर्षदखि निरन्तर यस्तै गर्दै आइरहेका छन । उनी यो व्यवसायमा एकदम सन्तुष्ट रहेको बताउँछन ।

दैनिक रुपमा केहि समयमा नै सिजनअनुसारको फलफल बेचेर राम्रो कमाई हुने भएकाले आफू यो व्यवसायमा रमाएको उनी बताउँछन । उनले भने ‘३ छोरी थिए एउटीको बिहे भयो, ४ भाई छोरा र १ श्रीमती गरी अहिले परिवारमा ८ जना छौँ ।’ उनले ८ जनाको परिवार यसैगरी पालेका छन ।

अहिले दैनिक रुपमा ६/७ सय आम्दानी हुने उनी बताउँछन । उनी जिल्लाको छहरा, पालुङमैनादी, हार्थोक, राम्दी, पिपलडाँडा, रामपुर लगायतका थेरै स्थानमा सिजनअनुसारको फलफुल लिन पुग्ने गरेका छन् ।