बनेपा, १ असार । भूकम्पपछि त्रिपाल र टहरामा बस्दै आएका बेला असुरक्षित यौनसम्पर्कबाट रहनसक्ने गर्भ रोक्न आकस्मिक गर्भनिरोधक औषधि सेवन गर्ने बढेका छन्। गर्भ रोक्न आकस्मिक गर्भनिरोधक चक्कीको बिक्री बढ्दै गएको काभ्रेका स्वास्थ्यकर्मीले बताएका छन् ।
बनेपास्थित चण्डेश्वरी मेडिकल हलका असिन वैद्यले भने, ‘भूकम्पअघिको तुलनामा अहिले आकस्मिक गर्भ रोक्न चक्की (औषधि) को प्रयोग गर्नेको संख्या बढ्दै गएको छ। परिवार नियोजनका अन्य साधनको तुलनामा गर्भनिरोधक चक्की बढी बिक्री हुने गरेको छ।’
उनका अनुसार चक्की किन्न पसलमा दैनिक १५ देखि २० जना आउने गरेका छन्। ‘अधिकांश एक साताको ग्याप राखेर दोहो:याएर आउने गरेका छन्,”उनले भने, ‘औषधि लिन २० देखि २५ वर्ष उमेर समूहका महिला बढी आउने गरेका छन्।’
स्वास्थ्यकर्मीका अनुसार विशेषगरी उच्चमावि तथा क्याम्पसमा पढ्ने उमेर समूहका युवतीलेअसुरक्षित शारीरिक सम्बन्धबाट रहेको गर्भ हटाउन गर्भनिरोधक चक्की प्रयोग गर्ने गरेका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।















प्रतिक्रिया