३ कार्तिक २०८३, मंगलबार

निशुल्क घर बनाइदिन्छु भन्नेर आश्वासन दिनेहरू कता हराए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Binod-Chaudhary-Nepal-First-Billionaire-Videoकाठमाडौं, १ असार– भूकम्पपीडितका लागि यति वटा उतिवटा घर बनाइदिन्छौं भनेर घोषणा गर्नेहरु अहिले बिलाएका छन् ।

उनीहरुको घोषणा अहिलेसम्मको हकमा प्रचारमै सिमित भएको छ । नेपाल उद्योग परिसंघ र ह्याबिट्याट फर ह्युमानिटीले १ लाख घर बनाउने घोषणा गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

चौधरी ग्रुपले १० हजार घर बनाउने घोषणा गरेको थियो । गोल्छा अर्गनाइजेसन र ह्याबिट्याटले पनि १ हजार घरको घोषणा गरेका थिए ।

जसअनुसार यसअनन्तर्ग काभ्रेको पीपलटारमा घर बनाउन सुरु भएको जनाएकोछ ।

एनआरएनले पनि १ हजार घर बनाउने घोषणा गरेको थियो । सरकारले स्थान तोकिदियोस् भन्ने एनआरएनको भनाइ छ ।

जिपी कोइराला फाउन्डेसनले ११ गाउँ निर्माण गर्ने घोषणा सुजता कोइरालाले गरेकी थिइन् । सुरुमा घोषणा गरेपछि दाताको खोजीमा लागेको फाउन्डेसनले दाता भेटेको छैन ।

सहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्कीका अनुसार पत्रपत्रिकामा प्रचार गरिएअनुसार अहिलेसम्म कुने पनि संघसंस्थाले भूकम्पपीडितका लागि घर बनाइदिन्छौं भनेर प्रस्ताव गरेकै छैनन् ।

अब सरकारसँग समन्वय नै नगरी त उनीहरुले घोषणा गरेअनुसार कसरी घर निर्माण गरिदेलान ?

अर्थसचिव सुमनप्रसाद शर्माका अनुसार सरकारसँग समन्वय नगरी घर बनाउन पाइदैन । कसैले भूकम्पपीडितका लागि घर बनाउन चाहन्छ भने सरकारलाई जानकारी दिएर मापदण्ड र सर्त पूरा गनुपर्छ ।