३ कार्तिक २०८३, मंगलबार

किन अत्याचार गर्दैछ भारतले नेपालीमाथि ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

map-of-nepalकपिलवस्तु, १ असार । कपिलवस्तुको पश्चिमी भागमा भारतीय सीमामा पर्ने गौतमबुद्ध साझेदारी वनक्षेत्रमा वृक्षरोपणका लागि तारबार गर्दा भारत सीमा सुरक्षा बलले रोक लगाएको छ।

नेपाल-भारत सीमास्तम्भ ५७८ नजिक अर्रा नदीको किनारमा रहेको नेपाली भूमिमा तारबार गर्दा भारतीय सुरक्षा टोलीले हस्तक्षेप गरेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

भारतीय सीमा सुरक्षा बल छोटा भकुरवाका असई भागरथी रिवाडसहितको सशस्त्र हतियारधारी टोलीले तारबार गरिरहेका साझेदारी वनका सदस्यलाई धम्की दिएर काम रोकेको गुगौलीका स्थानीयले बताए।

उनीहरूले भारतीय सीमा सुरक्षा बलबाट असुरक्षा हुने भन्दै नाम नखोलिदिनसमेत आग्रह गरे।

उक्त वनक्षेत्रलाई वैज्ञानिक वन व्यवस्थापन गर्ने क्रममा तारबारसहित वृक्षरोपण गर्ने योजना रहे पनि भारतीय टोलीले रोकेको साझेदारी वनका सदस्यले गुनासो गरे।