काठमाडौं, १ असार । सभासदले मासिक कति तलवभत्ता बुझ्छन् ? धेरैलाई थाहा होला र संसद सचिवालयका तल्लो तहका कर्मचारीले बुझ्ने तलवभत्ता सुन्ने जो सुकैले जिब्रो काट्छन् ।
किनकि, सचिवालय आफैँले निर्णय गर्न पाउने संसद कर्मचारीको तलबभक्ता अन्य निकायमा कार्यरत निजामती कर्मचारीको भन्दा अत्यधिक बढी रहेको नागरिक दैनिकले समाचार छापेको छ ।
यहाँसम्म कि सभासदको तलबभक्ता भन्दा बढी संसदका कार्यालय सहयोगीले बुझ्छन् ।
संसदका सबै कर्मचारीलाई तलबबाहेक ८० प्रतिशत अतिरिक्त प्रोत्साहन भत्ता दैनिक ६ सय खाजा भक्ता र विदाको दिनको ७ सय ५० रुपैयाँ खाजाभक्ता भुक्तान गर्छ ।
सभासदको मासिक तलव ४० हजार १ सय ६० छ तर संसद कार्यालयका सहयोगी मासिक ४१ हजार ३ सय ६४ बुझ्छन् ।















प्रतिक्रिया