३० आश्विन २०८३, शुक्रबार

लिबियामा अमेरिकी सेनाको हवाई कारबाही सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

america-ladaku-bimanवासिङ्टन, ३२ जेठ । संयुक्त राज्य अमेरिकाको सैनिकले सोमबार लिबियामा हवाई कारबाही सुरु गरेको समाचार छ ।

प्राप्त समाचारअनुसार लिबियामा अमेरिकी सेनाको युद्धक विमानले आइतबार अल कायदाका लडाकू बिरुद्धको कारबाही सुरु भएको र त्यसमा परी केही व्यक्ति मारिएको जनाइएको छ ।

अमेरिकी प्रतिरक्षा मन्त्रालयले सो कुराको जानकारी दिएको छ । प्राप्त समाचारअनुसार आइतबारबाट अमेरिकी सेनाले उक्त कारबाही थालेको हो ।

पेन्टागनका प्रवक्ता स्टिभ वारेनले भनेका छन्– अमेरिकी सेनाको युद्धक विमानले आइतबारदेखि लिबियामा हवाई कारबाही गरिरहेका छन् र त्यसको सूचना अहिले नै केही आइसकेको छैन ।

उनले आवश्यक समयमा त्यस विषयमा सूचना दिने जानकारी पनि दिएका छन् । उनले हवाई कारबाही गरिएका स्थानको पनि पनि सूचना दिएका छैनन् ।

लिबियामा पछिल्लो समयमा अल कायदा र उसँग सम्बन्धित रहेका केही स्थानीय आतङ्ककारी सञ्जालसँग आबद्ध रहेका व्यक्तिलाई लक्षितगरी सो हवाई कारबाही गरिएको बताइएको छ ।

त्यसमा परी कयौँ आतङ्कवादी मारिएका पनि समाचारमा उल्लेख गरिएको छ । ती आतङ्कवादीहरुको पहिचान पछि दिइने प्रवक्ता स्टिभले जानकारी दिनुभएको छ । रासस/सिन्ह्वा