२९ आश्विन २०८३, बिहिबार

नेपाली खेलकुद इतिहासमा पहिलो पटक राखेपमा महिला सदस्य–सचिव नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sakuntala-nagarkotiकाठमाडौँ, ३२ जेठ । नेपाली खेलकुदको इतिहासमा नै पहिलोपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को महिला सदस्य–सचिवका रुपमा सकुन्तला नगरकोटी नियुक्त हुनुभएको छ ।

विसं २०३१ मा कञ्चनपुरको पुनर्वासमा जन्मनुभएकी नगरकोटी निमित्त सदस्य–सचिवका रुपमा राखेप इतिहासमा पहिलोपटक नियुक्त हुनुभएको हो ।

आज उहाँले पदभार ग्रहण गर्दै खेलकुद क्षेत्रको विकास र विस्तारका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“खेलकुदलाई माथि उठाउनका लागि खेलकर्मी, खेलसँग सम्बन्धित विभिन्न सङ्घ सङ्गठन, राजनीतिक दलका नेता सबै एकजुट भएर लाग्नुपर्छ” – सदस्य–सचिव नगरकोटी भन्नुहुन्छ ।

उहाँले भूकम्पका कारण अस्तव्यस्त भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तोकिएको समय आगामी असार ५ गते नै सञ्चालन हुने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

सदस्य–सचिव नगरकोटी विसं २०४६ मा कबड्डी र भलिबल खेलकी राष्ट्रिय खेलाडी हुनुहुन्थ्यो । विसं २०५१ देखि खेलसँग सम्बन्धित विभिन्न खेलकुद सङ्घमा पदाधिकारीका रुपमा रही काम गर्नुभएको छ । हाल उहाँ नेकपा (एमाले) डडेल्धुराको उपसचिवसमेत हुनुहुन्छ ।

त्यस्तै राखेपका उपाध्यक्ष लामा टेण्डी शेर्पाले सदस्य–सचिव नगरकोटीलाई सफलताको शुभकामना दिँदै अहिलेको टिममा एकता भएको हुँदा खेलकुद क्षेत्रको विकासमा कुनै कमी नरहने भनाइ व्यक्त गर्नुभयो । रासस