मुम्बई । सलमान र कैटरीनाको सम्बन्ध एक जमानामा असल प्रेमी प्रेमिकाको थियो ।
तर त्यसमा पनि खटपट भएको वर्षाै वितिसकेको छ । सलमानले अहिलेसम्म विहे गरेका छैनन् । कैटरीना भने रणविर कपुरसँग डेटिङमा रमाइरहेकी छिन् ।
अहिलेको परिस्थतीमा कैटरीना सलमानकी पूर्व प्रेमिका हुन् । तिनै पूर्व प्रेमिकाका कारण सलमानले ७ करोड रुपैयाँको अफरलाई उडाएका छन् । सलमानलाई एक विज्ञापन गर्नको लागि ७ करोड रुपैयाँको अफर आएको थियो । जसमा उनको साथमा कैटरीनाले पनि काम गर्नु थियो ।
तर सलमानले कैटरीना कैफसँग गर्नुपर्ने विज्ञापन अफरलाई लत्याएका छन् । सलमानले यति महंगो अफर लत्याउँदा उनको र कैटरीनाबीचको सम्बन्ध अहिले फेरि चर्चामा आएको छ ।
बलिउड लाइफ खबर अनुसार कैटरीना यो विज्ञापनमा काम गर्नका लागि तयार छिन् । कैटरीना यसलाई निजी जीवनसँग नजोडेर मात्र एक शूटिंगका रुपमा लिएकी छिन् ।
सलमान खेल्दा कैटरीनालाई यो प्रोजेक्टबाट केही टाउको दुखाई थिएन् । तर सलमानले कैटरीनाको नाम सुन्ने वित्तिकै ७ करोडको अफर हावामा उडाएका हुन् । एजेन्सी
















प्रतिक्रिया