मुम्बई । विराट कोहली र अनुष्का शर्माबीचको प्रेमसम्बन्ध अचेल निकै चर्चामा छ ।
तर हालै एउटा यस्तो घटना भयो कि जस्ले अनुष्का शर्मा लाजले मुख देखाउन लायक रहिनन् । किनकि त्यहाँ बलिउडका कयौं स्टार जम्मा भएका थिए ।
‘पीके’ले चीनमा सय करोड कमाएपछि मुम्बईमा सक्सेस पार्टीको आयोजना गरेको थियो । फिल्मकी हिरोइन अनुष्का शर्मा पनि पार्टीमा सहभागी थिईन् । अनुष्का पार्टीमा आउने वित्तिकै इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको ट्यून बजाएर उनको स्वागत गरियो ।
आईपीएलको मशहूर सिग्नेचर ट्यून बजाउने वित्तिकै अनुष्काको मुख एकदमै रातोपिरो भयो । त्यहाँ उपस्थित सबै अतिथि पनि मज्जाले हाँसे । लगातार क्रिकेट मैदानमा देखिएका कारण अनुष्काको स्वागत यसरी गरिएको थियो ।
टाइम्स अफ इण्डियाका अनुसार ‘पीके’को सक्सेस पार्टीमा पुगेकी अनुष्कालाई जब उनको विवाहलाई लिएर प्रश्न सोधियो तब उनले प्रश्नलाई काट्दै भनिन्-‘जब म विवाहको फैसला गर्नेछु त्यसपछि सबैलाई बताउने छु ।’
अनुष्का भनिन कि उनी विराटलाई लिएर सोधिने कुनै पनि प्रश्नको उत्तर दिने छैनन् । ‘दिल धड़कने दो’को प्रमोशनका लागि देशदौडामा रहेकी अनुष्कालाई विराटसँग शपिंग गर्दै गरेको तस्वीर केही दिन अगाडि सार्वजनिक भएको थियो ।
अनुष्का र विराटले सँगसँगै शपिंग गरेको घटनाले यो पनि प्रश्न उठेको थियो कि सायद अब दुबै जना चाँडै नै विवाह बन्धनमा बाधिँदैछन् । एजेन्सी
















प्रतिक्रिया