२९ आश्विन २०८३, बिहिबार

विश्वकप क्रिकेट छनोटमा नेपालले भारतलाई हरायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali_cricket_team_Paras_Khadka_CAN_Nepalकाठमाडौं, ३२ जेठ ।  टी-ट्वेन्टी विश्वकप छनोटको तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टोलीले आइतबार भएको अभ्यास खेलमा हिमाञ्चल प्रदेशलाई पाँच विकेटले हरायो ।
हिमाञ्चल प्रदेशस्थित धर्मशाला क्रिकेट मैदानमा भएको उक्त खेलमा हिमाञ्चल प्रदेशले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो।
हिमाञ्चल प्रदेशका लागि राघव धवनले ५४, अभिमन्यु रानाले २१, नकुल राजले २० र अमित कुमारले १९ रन जोडे।
बलिङतर्फ नेपालका वसन्त रेग्मीले तीन तथा सोमपाल कामी र जितेन्द्र मुखियाले एकएक विकेट हात पारे। जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २० ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।
नेपालका लागि सुवास खकुरेलले २९, सागर पुनले २३, प्रदीप ऐरीले २३, ज्ञानेन्द्र मल्लले १९ र शरद भेषावकरले १७ रन जोडे।
 नेपालले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेको थियो। ९७ रन जोड्दा पाँच विकेट गुमाएको नेपालका लागि त्यसपछि प्रदीप र शरदले गतिलो साझेदारी गरे।
नेपाली टोलीले भारतमा स्थानीय टोलीसँग पहिलो अभ्यास खेल खेलेको हो। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को सहयोगमा नेपालले भारतमा १५ दिन तयारी गर्ने अवसर पाएको छ।
नेपाली टोली जुन २० तारिखसम्म भारतमा रहने कार्यक्रम छ। टीट्वेन्टी विश्वकप छनोट आयरल्यान्ड र स्कटल्यान्डमा आगामी जुलाई ६ देखि २६ तारिखसम्म हुँदैछ। केही दिनअघिमात्र नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भइसकेको छ । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।