काठमाडौं, ३२ जेठ । कोपा अमेरिका फुटबलमा स्टार स्ट्राइकर नेयमारको टिम ब्राजिलले विजयी सुरुवात गरेको छ ।
सोमबार विहान भएको आफ्नो खेलमा ब्राजिलले पेरुलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
सुरुवाती खेलको तीन मिनटेमा क्रिष्टियन केवाको गोलबाट पेरुले अग्रता लिएको थियो । तर, दुई मिनेटपछि नै नेयमारले ब्राजिलका लागि बराबरी गोल फर्काए । त्यसपछि खेलको दोस्रो हाफमा नेयमारको पासमा कोष्टाले गोल गर्दा ब्राजिल सुरुवाती खेलमै विजयी भएको हो ।
यो पटकको कोपा अमेरिका फुटबलको प्रमुख दाबेदारका रुपमा लिओनल मेस्सीको अर्जेन्टिना र नेयमारको ब्राजिललाई हेरिएको छ । ब्राजिलले सन् २००७ पछि कोपा अमेरिकाको उपाधि जित्न सकेको छैन ।
















प्रतिक्रिया