३० आश्विन २०८३, शुक्रबार

नेपालीलाई जस्तोसुकै सहयोग गर्न तयार छु : अमेरिकी राष्ट्रपति ओबामा सल्लाहकार प्रधान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanjita– विजय थापा
वाशिंगटन डिसी । अमेरिकाका राष्ट्रपति बराक ओबामाको सल्लाहकार समिति सदस्यसंग एक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ ।

अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासिया (नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)ले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।

उक्त कार्यक्रममा संजिता प्रधानलाई सहभागीहरुले बधाई दिनुको साथै भब्य स्वागत गरेका थिए । उक्त दूर संबाद माध्यमबाट गरिएको अन्तरक्रिया कार्यक्रममा अमेरिका तथा क्यानाडाबाट विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मन्तब्य राख्दै प्रधानले भूकम्प पीडित, अस्थाई संरक्षण दर्जा (टिपीएस), अन्य बिबिध बिषयलाई समेट्दै आफ्नो पदको भूमिका बारेमा बताएकी थिइन् ।

प्रधानले आफ्ना कुराहरु राख्दै कार्यक्रममा आफूलाई बोल्ने अवसर दिएकोमा हर्ष व्यक्त गर्दै संस्था तथा पदाधिकारीलाई धन्यबाद दिईन ।

आफ्नो काम निकै चुनौतीपूर्ण छ भन्दै आफू आएको ९ बर्षमा निकै मेहनत गर्नु परेको बताउँदै आफू यस ठाउँमा पुग्दा अन्य एसियन समुदायमा एक प्रकारको जलन हुन् पनि सक्ने रहेको आफुलाई लागेको बताईन ।

आफ्नो काममा सम्मान भएकोमा आफूलाई खुशी लागेको बताउँदै आफुले एसियन समुदायसंग काम गर्नुपर्ने छन् भन्दै आफू नेपाली समुदायसंग काम गर्न रुचाउछु भनिन ।

प्रधानले हामीले दोस्रो पुस्ताको लागि काम गर्नुपर्ने अपरिहार्यता रहेको विचार राख्दै नेपाली समुदायले समाबेसी हुनुपर्ने छ । भनिन् । समाबेशी भएमा हामी तल्लो स्तरबाट राज्य स्तर र राज्य स्तरबाट केन्द्रमा पुग्न सक्ने छौ भन्दै हामी सम्बद्ध छैनौ भनिन ।

उक्त कार्यक्रममा अधिकांश भूकम्प तथा अस्थाई संरक्षण दर्जा (टेम्पोररी प्रोटेक्टेड स्ट्याटस) बारेमा ज्यादा चर्चा भएको थियो ।

नासिया (नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)का जन सम्पर्क समितिका संयोजक प्राध्यापक डा नर काजी गुरुङले उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली र नेपालको हितको लागि बिशिष्ठ व्यक्तित्वलाई छलफलमा बोलाउने गरेको जानकारी गराएका थिए ।

डा गुरुङले संजिता प्रधानको संक्षिप्त परिचय दिएका थिए भने अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जिज्ञासा राखेका थिए । संजिता प्रधानले सबैको जिज्ञासाको उत्तर दिएकी थिइन् ।

संस्थाको तर्फबाट डा गुरुङले धन्यबाद दिएका थिए भने कार्यक्रमको सभापतित्व संस्थाका सभापति राम चन्द्र बराल (बिद्या वारिधी)ले गरेका थिए ।

डा बरालले संजिता प्रधानलाई कार्यक्रममा स्वागत गर्दै बधाई दिएका थिए भने राष्ट्रपति ओबामाले प्रधानलाई नियुक्ति गरेकोले नेपाली समुदायमा रौनक आएको बताएका थिए ।