३ कार्तिक २०८३, मंगलबार

यी हुन् भारतीय राजदूतावासबाट ट्रकका ट्रक राहत पाउने भाग्यमानि नेताहरू (नामसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam Bhattaraiकाठमाडौं, ३२ जेठ । भूकम्पले देशका ३४ जिल्लालाई प्रत्यक्ष प्रभावित पा¥यो । भूकम्पपीडित बस्तीका जनताले स्वभाविक रुपमा सबैभन्दा पहिले गुहार्ने सभासदलाईनै हो ।

सभासदहरु आफ्ना क्षेत्रका जनतालाई राहत जुटाउन दाताहरुको घरदैलोमै पुगे ।

तर केही यस्ता भाग्यमनी नेता तथा सभासद् पनि रहेछन्, जसका घरमै राहतका ट्रक पुगे । ती ट्रक पनि चानचुने होइनन्, भारतबाट आएका ठुलठूला ट्रक हुन् ।

काठमाडौंस्थित दूतावासमा रहेर विवादरहित रुपमा सफल कार्यकाल पूरा गरेर १२ जुनमा दिल्ली फर्किसकेका भारतीय दुतावासका डीसीएम पियुष श्रीवास्तवले केही निकट पत्रकारमाझ राजदुतावासले ककसलाई सीधै राहतका ट्रक दियो भन्ने कुरा खुलासा गरेको साँघु साप्ताहिकले समाचार छापेको छ ।

स्रोतका अनुसार, भारतीय दूतावासको गुडलिष्टमा पर्नेहरुले यसपाली राहतका ट्रक धेरै पाए र सीधै आ–आफ्नो निर्वाचन क्षेत्रमा लगे ।

कतिपय भूकम्पले कुनै असर नगरेका जिल्लाका नेताले पनि राहतका ट्रक पाए ।

राजदूतावास सम्बद्ध स्रोतका अनुसार योगुडलिष्टमा एमाओवादी नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई अग्रपंक्तिमै परे ।

बाबुरामका लागि भारतबाट ठूलो संख्यामा त्रिपाल, कम्बल,ड्राइफूड लगायतका सामग्रीका ट्रक आएका थिए ।

त्यस्तै कांग्रेस सभासद्हरु गगन थापा, उदयशमशेर राणा, राप्रपा नेता तथा बाणिज्यमन्त्री सुनिलबहादुर थापा, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्ययक्ष महन्थ ठाकुरले पनि राजदूतावासबाट सीधै ट्रकका ट्रक राहत सामग्री प्राप्त गरेका थिए ।