काठमाडौं, ३२ जेठ । हाइटीमा सन् २००९ मा गएको भूकम्पपछि रेडक्रसले ५० अर्ब रुपैयाँ अनियमितता गरेको सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले विकासोन्मुख मुलुकमा कसरी काम गर्छन् भन्ने तथ्य छताछुल्ल भएको छ ।
प्रोपब्लिकका अनुसार रेडक्रसले त्यति विधि रकमबाट ६ वटा मात्र घर बनायो भने पुननिर्माणका लागि स्थानीय सीप् र ज्ञानलाई पूरै वेवास्ता गरेको समाचार नागरिक दैनिकले छापेको छ ।
हाइटीमा आएको समग्र सहयोग रकममध्ये ९६ प्रतिशत अर्थात् तीन अर्ब ५० करोड अमेरिकी डलर (करिब साढे तीन सयअर्ब रुपैयाँ) अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आफैंले खर्च गरेका थिए भने हाइटी सरकारले त्यसको एक प्रतिशत रकम मात्र खर्च गर्न पाएको थियो ।
९६ प्रतिशत रकममध्ये अधिकांश परामर्श, यातायात र विज्ञको सुझावमै सकिएको थियो ।
गैरसरकारी संस्थालाई निगरानी गर्ने स्थानीय निकाय नहुँदा हाइटीमा भ्रष्टाचार थप मौलाउने अवसर पाएको थियो ।
त्यसैले आजभोलि हाइटी दी रिपब्लिक अफ आइएनजीओ भनेर चिनिन्छ । नेपालले भने यो दुर्भाय व्यहोर्नु नपरोस् ।















प्रतिक्रिया