काठमाडौं, ३२ जेठ । वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि उत्तरी छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बत प्रशासनले अनिश्चितकालका लागि सीमा नाका बन्द गरेपछि रसुवागढी र कोदारी नाकाबाट हुने अध्यागमन, भन्सार र क्वारेन्टाइन कार्यालयका गतिविधि ठप्प भएका छन्।
भूकम्पका कारण अझै केरुङ र खासा जाने बाटोमा भीरबाट ढुंगा खस्ने क्रम नरोकिएको कारण जनाएर तिब्बत प्रशासनले असुरक्षित महसुस गर्दै नाका खोल्न नसकेको जानकारी नेपाली अधिकारीहरूले पाएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
अध्यागमन कार्यालय कोदारीका प्रमुख प्रह्लाद पोख्रेलले नाका नखुल्दा खासामा अलपत्र रहेका ट्रक ल्याउन कठिनाइ भएको बताए।
‘नाका खुलाउनेबारे मितेरी व्यापार संघ र तिब्बत प्रशासनबीच छलफल भइरहेको छ’, पोख्रेलले भने, ‘ल्हासामा रहेको नेपाली महावाणिज्य दूतावासले पनि स्थानीय प्रशासनसँग सीमा नाका खुलाउनेबारे पहल गरिरहेको छ।’















प्रतिक्रिया