काठमाडौं, ३२ जेठ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले आफ्नो र आफन्तको व्यवसायलाई फाइदा पुग्ने गरी वैदेशिक वैदेशिक रोजगारीमा जाने कामदारका लागि शून्य लागतको निर्णय गरेको व्यवसायीहरुले आरोप लगाएका छन् ।
राज्यमन्त्री गुरुङ आफैँ म्यानपावर व्यवसायी हुन् ।
उनको हिमाल जनशक्ती म्यानपावर कम्पनी संचालनमा छ भने आफन्तका ११ वटा कम्पनी छन् ।
राज्यमन्त्री गुरुङले शुक्रबार यीनै कम्पनीहरुलाई फाइदा पुग्ने गरी मलेसिया र खाडीलगायतका ६ वटा मुलुकमा जाने कामदारका लागि निुशल्क टिकट र भिसा लागु गर्ने निर्णय गरेको व्यवसायीहरुले बताएको नागरिक दैनिकले छापेको छ ।















प्रतिक्रिया