३० आश्विन २०८३, शुक्रबार

बम आक्रमणमा बैंकका गभर्नरसहित चार जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bom-blasr
फाइल तस्वीर

तालुकान (अफगानिस्तान), ३१ जेठ । उत्तरी अफगानिस्तानको ताक्हार प्रान्तमा आइतबार एक सरकारी सवारीसाधन बमसँग ठोक्किँदा भएको दुर्घटनामा परी एक जिल्ला गभर्नरसहित चारको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ ।

स्थानीय समयाअनुसार आइतबार बिहान ७ः३० बजे इसकामिस जिल्लाका गभर्नर बम आक्रमणमा मारिएका प्रान्तीय सरकारका प्रवक्ता सिनातुल्ललाह टिमोरले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको छ ।

दक्षिणपश्चिम प्रान्तीय राजधानी तालुकानमा भएको सो आक्रमणमा गभर्नरका साथ रहेका अन्य तीन प्रहरी पनि मारिएका छन् ।

यस आक्रकमणको हालसम्म कुनै पनि आतङ्ककारी समूहले जिम्मा लिएका छैन् । तर यस्ता आक्रमणहरु बारम्बार तालिवानी आतङ्ककारी समूहले नै गराउँदै आएका हुनाले यस आक्रमणमा सोही समूहको हात रहेको प्रहरीको अनुमान रहेको छ ।

अमेरिकासँग आवद्ध नेटो सैनिकले अफगानिस्तानमा जारी तालिवानसँगको युद्धमा युद्धभूमिमा गएर लडाई गर्न गत जनवरीदेखि छोडेपछि तालिवानको आक्रमणमा अफगान सुरक्षाबलको हताहत बढेको जनाइएको छ ।

अफगानिस्तानमा हाल बाँकी रहेका नेटो सैनिकले अफगान सैनिकलाई तालिम, सल्लाह र अन्य सहयोग गर्ने गरेका छन् । रासस ÷सिन्ह्वा