३० आश्विन २०८३, शुक्रबार

यी हुन अबकी अमेरिकी राष्ट्रपति, चुनावी प्रचार अभियान सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

149243084AW003_19th_Interna

अमेरिका, ३१ जेठ । अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि हिलारी रोधम क्लिन्टन आफ्नो उम्मेदवारी औंपचारिक अभियान शनिबारबाट सुरु गर्नुभएको छ ।

ह्वाईट हाउसमा पुग्ने पहिलो महिला उम्मेदवारका रुपमा उहाँले आफूलाई उत्साहका साथ प्रस्तुत गर्नुभएको छ । आफ्नो समर्थकहरूमा पहिलो चुनावी अभियानमा सम्बोधन गर्नु हुँदै अमेरिकावासी कसैलाई काखा र कसैलाई पाखा नर्पान र कुनै पनि अमेरिकी नागरिकलाई पिछाडिएको अवस्थामा नछोड्ने आफ्नो प्रयासलाई सघाउन समेत आह्वान गर्नुभएको छ ।

भयानक आर्थिक मन्दिबाट उकासिन अझै प्रयासरत रहेका अमेरिकी नागरिकको पक्षमा कडा वकालत गर्नु हुँदै उहाँले मध्य न्युर्योक स्काइलाइन र नवनिर्मित वल्र्ड ट्रेड सेन्टरलाई विकसित गर्न जिम्मेवारी आफ्नो काँधमा आएको समेत बताउनुभएको छ ।

वर्तमान राष्ट्रपति बाराक ओबामासहित पूर्व राष्ट्रपतिहरू फ्याङ्कलिन डि रुजभेल्र र आफ्ना पति बिल क्लिन्टनका उदार नीतिहरू आफूले पनि अवलम्बन गर्र्ने बताउँदै यथार्थ र चिरस्थायी, समृद्धि हासिल गर्न सबैको प्रयास आवश्यक रहेको समेत बताउनुभएको छ ।

प्रचार अभियानका क्रममा भावुक हुँदै अमेरिका राष्ट्रलाई उहाँले पिताको सङ्ज्ञा दिनुभएको र तिनै पिताको छोरीको रुपमा पिताको ऋण चुक्ता गर्न आफूले उम्मेदवारी दिएको उल्लेख गर्नुभएको छ । रासस/एपी