काठमाडौं, ३१ जेठ । युरोपमा जारी युरो कप छनोट फुटबल प्रतियोगितामा फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले गोलको वर्षा गरी ह्याट्रिक गरेका छन् ।
रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले अर्मेनियालाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा पोर्चुगलले अर्मेनियालाई ३–२ गोलले पराजित गरेको समाचार एजेन्सीले जनाएका छन् ।
सुरुमा पोर्चुगललाई दबाब राख्दै खेलमा अग्रता लिएको अर्मेनियाका लागि १४ औं मिनेटमा पिज्जेलीले गोल गरेका थिए । तर, पोर्चुगलको लागि पेनाल्टीमा रोनाल्डोले २९ औं मिनेटमा गोल हानेपछि खेल बराबरीमा पुग्यो ।
त्यसपछि रोनाल्डोले दोस्रो हाफको ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलमा तीन मिनेटपछि रोनाल्डोको खुट्टामा बल आईपुग्दा अर्को गोल गर्दै ह्याट्रिक पुरा गरे ।
रोनाल्डोले युरो कपमा गरेको यो नवौं हृयाट्रिक हो । उनले प्रतियोगितामा हालसम्म व्यक्तिगत ६६ गोल हानेका छन् । खेलको अन्तिम समय ७१ मिनेटमा अर्मेनियाले गोल फर्काएपनि टोलीको हार टार्न सकेन र पोर्चुगल ३–२ ले विजयी भयो ।
जितसँगै पोर्चुगल १२ अंकका साथ समूह ईको शीर्ष स्थानमा छ भने ७ अंक जोडेको अर्मेनिया तेस्रो स्थानमा छ ।















प्रतिक्रिया