३ कार्तिक २०८३, मंगलबार

भुइँचालोको बेला किन घट्यो रक्तचाप ? रिजल्ट उल्टो आएपछि चिकित्सकहरू चकित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Blood-Pressureकाठमाडौं, ३१ जेठ । गोल्फुटार बस्ने ३९ वर्षीया गृहिणी उषा केसीलाई महाभूकम्पपछि उनले प्रयोग गर्दै आएको उच्च रक्तचापको औषधि तत्कालका लागि सेवन नगर्न मुटुरोग विशेषज्ञले सल्लाह दिएका छन ।

हात्तीवनकी ५८ वर्षीया मनेका जोशीले विगत ५ वर्षदेखि सेवन गरिरहेको उच्चरक्तचापको औषधिको मात्रा घटाउनु पर्यो ।

केही मुटुरोग विशेषज्ञहरुका अनुसार भूकम्पपछि निरन्तर चिकित्सकीय फलोअपमा रहेका अधिकांश बिरामीको रक्तचाप कम देखिएको कान्तिपुर दैनिकले छापेको छ ।

बिरामीको चिकित्सकीय इतिहासलगायत तथ्यांक राख्ने र कम अन्तरालमा फलोअपका लागि बोलाउने मुटुरोग विशेषज्ञहरुले यो समस्या बढी पहिचान गरेका छन् ।

सर्वमान्य सिद्धान्तअनुसार साधारण डरत्रासले गर्दा रक्तचाप बढ्नु पर्ने हो ।

हालसम्मको अनुसन्धानअनुसार भूकम्पले रक्तचाप बृद्धि हुनुको साथै दीर्घकालमा समेत नकारात्मक असर पार्न सक्छ ।

विभिन्न अध्ययनले पनि त्यही देखाउँछ । भूकम्पपछि रक्तचापमा कमी आएको उदाहरण यसअघि थिएन भन्दा पनि हुन्छ ।

डराएको बेला रक्तचाप वृद्धि हुनु प्रमाणित तथ्य हो ।

तर नेपालमा भूकम्प प्रकोप चलिरहँदा ठीक उल्टो स्थिति देखिएपछि मुटुरोग विशेषज्ञहरु कारणको खोजीमा छन् ।