३ कार्तिक २०८३, मंगलबार

बिरामीसँग चर्को रकम अशुल्ने, कर नर्तिर्ने महान चिकित्सकहरू हुन् यी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doctorजनकपुर, ३१ जेठ । जनकपुर उपमहानगरपालिकामा निजी क्लिनिक, नर्सिङहोम र अस्पतालमा आबद्ध तीन सयभन्दा बढी चिकित्सकले सरकारलाई तिर्नुपर्ने आयकर छल्दै आएका छन्।

एउटा चिकित्सकले दिनमा चारदेखि पाँचवटा क्लिनिकमा बिरामी जाँच गर्ने गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

त्यसबापत चर्को शुल्क असुल्छन्। उनीहरूले प्याथोलोजी, एक्सरे जाँच र अल्ट्रासाउन्ड जाँचबाट पनि मोटो कमिसन पाउँछन्।

सुरुमा जनकपुर अञ्चल अस्पतालमा काम गरेर नाम कमाउने र पछि निजी क्लिनिक खोलेर बिरामी जाँच्ने गरेका अधिकांश चिकित्सकले बिरामीलाई जाँचबापत लिएको शुल्कको रसिदसमेत उपलब्ध गराउँदैनन्।

स्वास्थ्य क्षेत्रमा लगानी र बिरामी जाँच गरेर दैनिक लाखौं रुपैयाँ कमाउने तर राजस्व छली गर्नेमा नेपाल मेडिकल एसोसिएसन धनुषाका अध्यक्षदेखि नाम चलेका चिकित्सक छन्।

आन्तरिक राजस्व कार्यालय जनकपुरको तथ्यांक अनुसार ७० प्रतिशतभन्दा बढी चिकित्सकले कर छली गर्ने गरेका छन्।

व्यक्तिगत रूपमा प्यान नम्बर लिए पनि उनीहरूले कमाइअनुसारको सही विवरण नदिएर कर छली गरेको पाइएको छ।